अदालतको अवहेलना मुद्दामा एसपी रमेश बस्नेतलाई १५ दिन कैद सजाय

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा दोषी ठहर भएका तत्कालीन डीएसपी रमेश बस्नेतलाई १५ दिन र ५ हजार रुपैयाँ सजाय सुनाएको छ ।

यद्यपी क्षमायाचनासहित निवेदन दिएको अवस्थामा उनलाई भएको सजाय मिनाहा हुन सक्ने पनि फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

अंश सम्बन्धी मुद्धामा पाटन उच्च अदालतले गरेको आदेश नटेरेको भन्दै जगतमाया श्रेष्ठ र उनका छोरा इन्द्रबहादुर श्रेष्ठले काठमाडौं प्रहरी परिसर र मुद्धा शाखामा कार्यरत तत्कालीन डीएसपी बस्नेतविरुद्ध २०७२ सालमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्धा दायर गरेका थिए ।

उक्त मुद्दामा इश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले हालै अन्तिम सुनुवाई गरेको थियो ।

त्यसका लागि फैसलाको जानकारी पाएको तीन महिनाभित्र पुनरावेदन दिँदै गल्तीको प्रायश्चित वा क्षमायाचना माग्नुपर्ने छ। बस्नेत हाल एसपी रहेका छन्।