कर्णाली प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार, कांग्रेसका मन्त्रीहरुले लिए शपथ

दियो पोस्ट  

काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । कांग्रेसका वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले बिहीबार पथ तथा गोपनियताको शपथ लिएका हुन्। सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास र बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माघ ११ को मन्त्रिपरिषद् विस्तारमा भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री भएकी उर्मिला विश्वकर्मालाई मन्त्री बनाइएको छ। उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ।

पछिल्लो मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ। जसमा माओवादी केन्द्रका पाँच र कांग्रेसका तीन जना छन्। प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका राजकुमार शर्मा छन्। त्यस्तै माओवादी केन्द्रबाटै मंगल शाही, भीम प्रकाश शर्मा, कृष्णबहादुर जीसी, उर्मिला विश्वकर्मा पनि मन्त्री भएका छन्।

गत पुसमा माओवादी केन्द्र र एमाले मिलेर सरकार गठन गरेका थिए। तर एमालेका मन्त्रीहरुले चैत २६ मा राजीनामा दिएका थिए।