गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गुल्मीमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–३ का १३ वर्षीय दीपक मुखिया छन्।

उनको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक, डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

आगो निभाउने क्रममा मुखियासँगै र ५४ वर्षीय धनबहादुर जोगिकुँवर जलेर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि पाल्पा रेफर गरिएको थियो। धनबहादुरको स्वास्थ्य भने सुधारोन्मुख देखिएको प्रहरीले जनाएको छ।

धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि डढेलो लागेको छ। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डढेलो नियन्त्रणमा लिने काम भइरहेको छ।