‘नेपाली राजनीतिमा शक्तिमा पुगेपछि अरूको अपमान गर्ने प्रवृत्ति छ’

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको बताए।

‘अरुलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरु सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ। यी सबै कुराको सन्दर्भमा हामी कसरी असल संस्कार भएका कम्युनिष्ट हुनसक्छौँ, असल भावना भएका कम्युनिष्ट हुनसक्छौँ?’ उनले भने।

अध्यक्ष नेपालले सच्चा कम्युनिस्ट एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर समेत गरे।