अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । कैलालीमा अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने २९ वर्षीय दिपक सुनार पक्राउ परेका छन् । उनलाई खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय २० मिलिग्रामसहित आइतबार बिहान पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट खटिएको प्रहरीलको टोलीले जाँच गर्ने क्रममा खल्तीमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी टीकापुर नगरपालिका–१ वन कार्यालय नजिक सडक खण्डबाट अवैधलागूऔषध चरेस ८ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।उनीहरूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने २७ वर्षीय पुष्पराज जैशी र सोहीठाउँ बस्ने २३ वर्षीय डेनी प्रसाद जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीलको टोलीले म.२ प ८६७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त चरेशसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।