वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

दियो पोस्ट  

काठमाडौं । वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे २ बजेतिर वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने रिजालले बताए।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।