कैलालीमा ‘बलात्कार’ आरोप लागेका एक युवक पक्राउ !

दियोपोस्ट संवाददाता  

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । कैलालीस्थित बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीय सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दमाइले सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाइलाई पक्राउ गरिएको बताए ।

युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको पीडितको भनाइका आधारमा दमाइलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस