बिहिरबार इक्वेडर दूतावासबाट पक्राउ परेका जुलियन असान्जले अमेरिकामा स्थानान्तर गरिने मुद्धा सामना गर्ने भएका छन् । असान्जलाई ब्रिटिश गुप्तचर प्रहरीहरुले दूतावासभित्रै पसेरै जबरजस्ती पक्राउ गरेका थिए ।
सन् २०१२ मा इक्वेडरले शरणको दर्जा दिएपछि उनी लण्डनमा रहेको इक्वेडरको दूतावासमा बस्दै आएका थिए । ४७ वर्षे असान्जले दूतावासमा कुल २,४८७ दिन बिताए । अमेरिकाले हाल असान्जलाई अधिकत पाँच वर्ष जेल हुने मुद्धा दायर गरेको छ । असान्ज अष्ट्रेलियन नागरिक भएकाले शुक्रबार उनलाई सो देशले कन्सुलर सहयोग दिने बताएको छ, तर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले असान्जको लागि ‘विशेष व्यवस्था’नगरिने बताए ।
अष्ट्रलियाकी विदेशमन्त्री म्यारिस पाइनले व्यक्तिले मृत्युदण्ड पाउने अवस्थामा ब्रिटेनले आरोपीलाई प्रत्यारोपण नगर्न सहमत भएको जानकारी दिइन् । बेलायतले असान्जविरुद्ध ‘अदालतले बोलाउदाँ हाजिर नभएको अभियोग’ लगाएको छ । यस अभियोगको लागि उनले अधिकत १२ महिनासम्मको सजाय पाउन सक्छन् ।
केन्द्रीय लण्डन प्रहरी केन्द्रमा हिरासतमा रहेका असान्जलाई अमेरिकाको आग्रहपछि दोहोर्याएर पक्राउ गरिएको थियो । अमेरिकाले असान्जलाई अमेरिकी सेनाको पूर्व विश्लेषक चेल्सी म्यानिङ ९लिङ परिवर्तन गरेकी चेल्सीको घटनाको समयमा ब्राड्ले मानिङ नाम थियो० सँग मिलेर अति गोप्य तथ्याँकहरु डाउनलोड गरेको आरोप लगाएको छ । बिहिबार अमेरिकाको न्याय मन्त्रालय ९डिपार्टमेन्ट अफ जस्टिस० ले असाञ्जको प्रत्यारोपणको माग गर्दै मुद्धा दायर गरेको थियो ।
सन् २०१० अगस्टको स्वीडेन भ्रमणको क्रममा दुई स्वीडिस महिलासँग यौनसम्पर्क गर्दा तिनलाई झुक्याएर अस्थाई साधन प्रयोग नगरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको थियो । उनले उक्त मुद्धा आफूलाई अमेरिका प्रत्यारोपण गर्न रचिएको षडयन्त्र भन्दै पक्राउ छल्नको लागि दूतावास पसेका थिए ।
असान्जका समर्थकहरुले उनको पक्राउ र हाल उनीमाथि लगाइएको प्रत्यारोपण मुद्धा पत्रकार स्वतन्त्रतामाथिको प्रहार भएको बताएका छन् । ब्रिटिश लेबर पार्टी सदस्य डियन एब्बोटले सत्ताको कूकर्म पर्दाफास गर्दा असान्जलाई जेल पठाउन लागिएको आरोप लगाएकी छिन् ।
हिजो ब्रिटिस संसदमा बोल्दै एब्बोटले भनिन्, ‘असान्जलाई अवैधानिक युद्ध, आम हत्या, निर्दोष नागरिकहरुको हत्या र विकराल स्तरमा भ्रष्टचारजस्ता कुरा बाहिर ल्याएकाले जेल पठाउन लागिदैंछ ।’
अमेरिकी ‘विसलव्लोअर’९संस्थाभित्र भइरहेका अनैतिक क्रियाको जानकारी बाहिरी दुनियाँ अघि ल्याउने व्यक्ति०’ एडवार्ड स्नोडेनले समेत वाक स्ततन्त्रताको वकालत गर्नेहरुले अमेरिकी कूकर्म ‘लिक’ गरेकै कारण असान्जलाई अमेरिका प्रत्यारोप गरिदा वाक स्वतन्त्रतामाथि गम्भिर खतरा पुग्ने बताएका छन् । एजेन्सी