यो वर्ष पनि भक्तपुरका बुद्धकृष्ण बाग श्रेष्ठले नै छेडे जिब्रो

दियो पोस्ट  

भक्तपुर, वैशाख २ । भक्तपुरको थिमी बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडेका छन् ।

स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाएका हुन् । बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा उनको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडे पछि महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा पनि सम्पन्न हुन्छ ।

विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाग श्रेष्ठले जिब्रो छेडाएका थिए भने यसवर्ष पारिवारिक समस्याका कारण उनले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष दोहो¥याएका हुन् । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको बताउँदै आएका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए ।