३.९ म्यानिच्यूडको धक्कासँगै धादिङमा तेस्रो पटक परकम्प

दियो पोस्ट  

काठमाण्डौँ,वैशाख ११ । धादिङ केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा परकम्पहरु गएका हुन् ।

याे पनि:-

काठमाडौंमा ठूलो भूकम्पको धक्का, सर्वसाधरण फेरी आतंकीत !