तस्विरमा हेर्नुहोस् नेपालका पुराना घरहरु

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ चैत्र । नेपालमा अहिले ठूला र गगनचुम्बी महलहरु बन्न थालेका छन् । गाउँघरमा समेत आरसिसि महल ठडिने क्रम बढेको छ ।

पुराना घरहरु संरक्षण गर्नुपने भएतापनि लोप भएर जान थालेका छन् । जोन्टीमान डटकमबाट साभार गरिएको नेपालका पुराना घरहरुको तस्विर यस्तो छ ।

गोलाकार घरहरू सामान्यतया दुई मंजिला हुन्छन् । यस्ता घरहरु परम्परागत रूपमा गोलाकार वा लम्बाकार आकारको हुन्छन् । ढुङ्गाबाट निर्मित यस्ता घरहरुको भित्र र बाहिर दुबैतर्फ माटोले पोतिएको हुन्छ । माथिल्लो पर्खालहरू प्राय— चूनाले लेप गरिन्छ । ती प्रत्येक वर्ष दसैँ चाडको समयमा वा परिवार सदस्यमा कसैको मृत्यु भएमा पोतिने गरिन्छ । तर, यस्ता घरहरु हिजोआज बिरलै देख्न पाइन्छ ।

छतहरू सामान्यतया परालले तानेका हुन्छन् । परालको छाना भएका घरहरुमा आवश्यता अनुसार पराल फेरिने गरिन्छ । पहिले धनाड्यहरुले टाइलहरू प्रयोग गर्थे ।

गाइ बस्तु हुर्काउने गोठ । यस्ता गोठहरु प्राय ढुङ्गा माटो मिलाएर बनाइएको हुन्छ । माथिल्लो तलामा भण्डारको रुपमा प्रयोग गरिन्छ । गाउँघरमा यसलाई धन्सार÷खोल्मा पनि भनिने गरेको छ ।

यो घर करीब १२० बर्ष पुरानो हो । यो परम्परागत तरिकाले बनाइएको घर हो ।

पुरानो शैलिमा बनेका घरहरुमा राखिने मूल ढोका ।

पुराना शैलिमा बनेका गाउँका घरहरुमा माथिल्लो चोटामा हुने कोठा जसलाई मटान भन्ने गरिन्छ

पुराना शैलिमा बनेका गाउँका घरहरुमा भुईं तल्लामा खाना पकाउने कोठाका रुपमा प्रयोग गरिन्छ ।

सम्बन्धित खबर

सिफारिस