काठमाडौं, १२ बैशाख । नेपाली युवापुस्ता माझ निकै चर्चित उदयमान गायक नितेश जङ्ग कुवरले आफ्नो साङ्गीतिक यात्रालाई बिट मार्न लागेका हुन् ।
दर्शकमा आफ्नो छुटै साङ्गीतिक छाप छोडेका नितेशले अब भने यस क्षेत्र बाट बिदा लिन खोजेको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
उनी लेख्छन् ,“प्यारा साथीहरू,मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ, म तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस् ”।
नेपाली युवा पुस्ता माझ कुवरको प्राय सबै गीतहरु लोकप्रिय छन् । गेडा जस्तो जिन्दगी, हाम्रो नेपालमा, निस्ठुरी मोरी लगायत गीतहरू चर्चामा छन् ।