सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय गर्ने

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागि हुने कि नहुने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका थिए।

महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए।

रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ।