धादिङमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

दियो पोस्ट  

कामठाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।

सडकको बीचभागमा ठूलो भ्वाङ परेको र धुनिबेँसी नगरपालिका– ६ धार्केतर्फ गणेश खोला पुलनजिकै सडक भासिएपछि राजमार्गमा सवारीसाधन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

भासिएको ठाउँ नआइसकेका सवारीहरू चितवन र नुवाकोट भएर जान सक्ने र गणेश पुलनजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भइरहेको छ ।