उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरू उल्टाउने कोसिस भइरहेको दाबी गरेका छन् । अहिलेसम्म भएको उपलब्धि रक्षाका लागि सबै क्रान्तिकारीहरू सशक्त आन्दोलित हुनुपर्ने बताएका हुन् । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै दाहालले आफूहरू नजाग्दा ुस्यालहरूु गर्जिरहेको टिप्पणी गरे ।

‘नेपाली जनताका धेरै संघर्षमार्फत प्राप्त उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको छ । हिजो जनयुद्ध, जनआन्दोलनका क्रममा गरिएका बलिदानका असीमित कीर्तिमानप्रति धेरै ठूलो प्रहार हुन खोजेको छ । अहिले हेर्ने हो भने हरेक उपलब्धि उल्टाउन खोज्ने प्रवृत्तिलाई बढावा दिने काम भएको छ । राष्ट्रिय रूपमा अहिले हामी सबै यो प्रतिक्रान्ति र उपलब्धिहरूको रक्षाका निमित्त सशक्त आन्दोलित हुनुपर्ने अवस्था आइलागेको छ,’प्रधानमन्त्री दाहालले भने ।

उनले अहिले सरकारले गरिररहेका सकारात्मक काम र पहलकदमीमाथि पनि प्रहार भइरहेको दाबी गरे । ‘हिजो सहिदलाई सम्मान गर्नुपर्छ भन्दा प्रहार भयो । बहिर्गमित लडाकुको हकमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न खोज्दा अहिले ‘स्यालहुइयाँ’ मच्चाइएको छु प्रधानमन्त्री दाहालले भने,’हामी नजाग्ने हो भने क्रान्तिकारी उपलब्ध िउल्ट्याउनेतर्फ जान्छ । हामी नजाग्दा स्यालहरू गर्जिएका छन् ।’

उनले माओवादी आन्दोलनको विद्रुपीकरण गर्ने र यसलाई आतंककै रूपमा प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाए ।