दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खस्यो ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिए ।
लुम्बिनीमा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् ।