काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । बुधवार कलेजको सभा हलमा आयोजित एक कार्यक्रमकाबिच विद्यार्थीहरूले ‘स्वतन्त्रताको हुँकार’ नाटक प्रदर्शन गरेका हुन् ।
सञ्चार अध्ययन केन्द्र (सिएससी)द्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नेपालमा प्रेस स्वतन्त्रताको अवस्थालाई झल्काउँदै नाटक प्रदर्शन गरेका हुन् । उक्त नाटक विद्यार्थी दृष्टि श्रेष्ठले रचना गरेकी थिइन् भने नाटकलाई विद्यार्थी इसान पौडेल र दया दुदराजले निर्देशन गरेको सञ्चार अध्ययन केन्द्रका सदस्य निराजन खड्काले जानकारी दिए ।
सदस्य खड्काका अनुसार नाटकको पात्रहरूमा आस्मा सेन्चुरी, क्रितिका सुवेदी, निरज देवकोटा, रामकृष्ण भट्ट, इश्वर गौतम थिए । र नाटकको कथाकारको भुमिका प्रकृति थापाले निर्वाह गरेकी थिइन् । विद्यार्थीहरू माझ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबारे प्रस्ट पार्नको सो नाटक देखाइएको सदस्य खड्काको भनाई छ ।
कार्यक्रममा विद्यालयका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेल, सहायक क्याम्पस प्रमुख, कमल न्यौपाने, स्कुल आफ लिबरल आट्सका प्रमुख रघु मैनाली, पत्रकारिताका शिक्षक रविराज बरालको उपस्थित थिए । कार्यक्रममा २०० जना विद्यार्थीहरुको उपस्थित रहेको र उक्त कार्यक्रम सिएससीका सदस्य युवराज खत्रीले सञ्चालन गरेका थिए ।
सञ्चार अध्ययन केन्द्र मदन भण्डारी मेमोरियल कलेज अन्तर्गतको एक विद्यार्थी समूह हो । यसले पत्रकारितासँग सम्बन्धित विभिन्न प्रयोगात्मक गतिविधिहरू गराउँदै आएको छ ।