
तनहुँ । तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
बन्दिपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।
तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार गरिएको थियो।
चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बन्दिपुर गाउँपालिका वडा नम्बर १ का हुन्।
ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठक्कर खाएको थियो।