मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए तीन मन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छन्। कांग्रेसका तीनजना मन्त्री सरकारमा सहभागी भएका हुन्।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै तीन मन्त्रीलाई नियुक्त गरेका छन्।