काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ ठगी धन्दामा संलग्न भएको आरोपमा पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीको छोरा सन्दिप रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको हो ।