काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ ।
पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक केहि बेर अघि सुरु भएको हो । सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको छ।