विद्युत प्राधिकरणले किन काटिदियो प्रादेशिक अस्पताल जनकपुरको विजुली ?

दियो पोस्ट  

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो ।

मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक–पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्रले जनाएको छ ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । विजुलीको लाइन काटिएपछि चर्को गर्मीमा बिरामीले पंखा चलाउन पनि पाएका छैनन्, विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन ।