निर्दोष डराउनुपर्दैन, दोषीलाई जहाँ गए पनि छोड्दैनौँः गृहमन्त्री श्रेष्ठ

नक्कली शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा आफूले निर्दोषलाई केही नगर्ने तर भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने घोषणा गरेका छन् । । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

देशमा थुप्रै समस्या रहेको र कमिसन तथा भ्रष्टाचारले देश जर्जर बनाएको भन्दै उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए।
खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उनको टिप्पणी छ।

‘निर्दोष मानिस डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘हाम्रो देशमा अरु थुप्रै समस्या छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ। र, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ।’

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा आफूले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्,’ उनले भने, ‘दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो।’