युगौं युगसम्म बाँचिरहनेछन् मुकेश : मन्त्री मोदी

दियो पोस्ट  

कामठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘जिउँदो सहिद’ रूपमा चिनिएका दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थ युगौं युगसम्म बाँचिरहने बताएका छन् ।

उपचारका क्रममा बुधबार साँझ निधन भएका मुकेशको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री मोदीले मुकेशको योगदानलाई सम्झिइरहने बताएका हुन् ।

मुकेश फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मोहन दुवालले राष्ट्रले मुकेशलाई सहिद घोषणा गर्नुपर्ने, प्रदेशले मुकेशको नाममा आन्दोलनमा घाइतेहरुलाई सम्मान कार्यक्रम स्थापना गर्नुपर्ने, स्थानीयले तहले मुकेशको शालिक स्थापनासँगै अहिले बनिरहेका स्वास्थ्य संस्थाको भवन मुकेशको नाममा सञ्चालन हुनुपर्ने मागसहितको ज्ञापनपत्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई बुझाएका छन् ।