बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

दियो पोस्ट  

काठमाडौं । ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ। फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।