टोपबहादुर सोह्रखुट्टे वृत्तको हिरासतमा, म्याद थप्न अदालत पेस गरिंदै

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ।

आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो। पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार उनी पोखरामा लुकेर बसेका थिए। शनिबार मध्यराति भने उनी काठमाडौं आएर बुढानिलकण्ठमा रहेका नारायण पौडेलको घरमा बसेका थिए।

यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि सरकारी वकिलको कार्यालयमा आज बयान लिने तयारी छ। उनको र रायमाझीको बयान लिन बाँकी छ।

यस प्रकरणको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो। अहिलेसम्म रायमाझीसहित १३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी छन्।

TATA ADD