काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ।
उनलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो। गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैँ प्रहरी कार्यालय पुगेका थिए।