
/f;;sf] jflif{sf]T;j sfo{qmddf ;~rf/dGqL zdf{ sf7df8f}F, & kmfu'gM ;~rf/ tyf ;"rgf k|ljlwdGqL /]vf zdf{{ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] ^@cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M rGb|snf If]qL÷/f;;
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न नमिल्ने स्पष्ट पारेकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषय अलग भएको बताइन् ।
‘नागरिकता प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न मिल्दैन । नागरिकता विधेयक हाम्रो विषय हो । यो नेपाली जनतासँग जोडिन्छ । नागरिकताको विषय यसअघि गृहमन्त्रीज्यूसँग पटकपटक उठाएका छौं । संसदमा माननीयज्यू र आम नागरिकले उठाएका छन्’, शर्माले भनिन्, ‘नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमण वा अन्य विषयसँग जोडेर हेर्न मिल्दैन । यो औचित्य र आवश्यकता समेत छैन ।’ नागरिकता विधेयकको विषय संवेदनशील भएकाले छिटो कार्यान्वयनमा लिएर नागरिकका समस्या समाधान गरिनुपर्ने शर्माले बताइन् ।