महोत्तरीमा १८ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

दियो पोस्ट  

महोत्तरी । महोत्तरीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्सी गाउँपालिका– ४ भेटपुर टोल बस्ने २१ वर्षीय रामनगिना राउत बरै रहेका छन् ।
बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।