उपचारका नाममा ठगी गर्ने सिमान्तको कार्यक्रममा प्रहरीले लगायो रोक

दियो पोस्ट  

दाङ । अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गर्दै हिँड्ने ज्योतिषी सिमान्त केसीद्वारा तुलसीपुरमा आयोजना गरिएको ४ दिने कार्यक्रमलाई प्रहरीले रोक लगाएको छ । दाङ लगायत छिमेकी जिल्लाबाट ३ सय बढी मानिस जम्मा गरेर आइतबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा भेटघाट गरिरहेका बेला प्रहरीले त्यस्तो कार्यक्रममा रोक लगाएको हो ।

हात, अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै भ्रम फैलाइएको पाइएपछि उक्त काममा रोक लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।