बलात्कार आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पक्राउ

दियो पोस्ट  

दाङ । दाङको देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्राध्यापक तथा सञ्चालक समितिका कोषाध्यक्ष हुन् ।