‘बहिनी’ भन्दै लिफ्ट दिएका ‘दाइ’द्वारा बलात्कार : बौद्धको कमलाक्षी होटलमा त्यो रात जे भयो….

दियो पोस्ट  

काठमाडौं । राजधानीको बौद्धस्थित कमलाक्षीमा एक बालिकामाथि बलात्कार भएको छ । होटल व्यवस्थापनको लापरबाहीका कारण ती बालिकामाथि बलात्कार भएपनि प्रहरीले भने होटल संचालकलाई उन्मक्ति दिएर मुद्दा अभियोजन गरेको फेला परेको छ ।

गत वैशाख १५ गते उक्त होटलको कोठा नम्बर ८५५८मा ती बालिकामाथि बलात्कार भएको हो । बलात्कार गरेको अभियोगमा प्रहरीले स्वयम्भूस्थित ब्रोड वे क्याफे संचालन गरि बस्ने अमेरिकन नागरिक कर्मा घलेलाई पक्राउ गरि अभियोजन गरेको छ ।

गत वैशाख १५ गते आफ्नो भाउजुको साथीको जन्मदिन मनाउन नक्साल पुगेकी ती बालिका राती १२ बजे सडकमा भाउजुको कोठामा आउन सवारी साधनको पर्खाइमा थिइन् । त्यतिनै बेला सडक छेउमा आएर बा ९ च ८०३५ नम्बरको गाडी रोकिएको थियो । उक्त गाडीका चालक घलेले उक्त किशोरीलाई सडक पेटीमा देखेपछि ‘बहिनी तिमी यतिबेला एक्लै किन सडकमा उभिएको भनि सोधेका थिए । ती किशोरीले ‘म बौद्ध पिपलबोट स्थित डेरा कोठामा जानका लागि ट्याक्सीको पर्खाइमा बसेको भन्ने जवाफ दिएपछि घलेले ‘म तिमीलाई डेरा कोठामा पुर्याइदिन्छु भन्दै लिफ्ट दिएका थिए । चालक सिट नजिकै राखेर उनले ती किशोरीलाई घर पुर्याउनुको सट्टा होटलको कोठामा पुर्याएका थिए ।
होटलको रिसेप्सनमा पुगेपछि उनले आफ्नो वास्तविक नाम भन्दा पनि यसअघि समेत लिएर जाने गरेको युवतीको नाम भनेका थिए । सोनाम नाम गरेकी ती युवतीको नाम भनेपछि होटल संचालकले समेत ती किशोरी सम्झिएर रुम बुक गराएको थियो ।

‘उहाँ यसअघि पनि युवती लिएर आउनुहुन्थ्यो । हामीले यसअघिको कार्ड स्क्यान भइसकेका कारण थप कागजात मागेनौँ,’ होटलको रिसेप्सनमा फोन उठाउने युवतीले दियोपोस्टसँग भनिन्,‘त्यतिबेला ती स्टाफ समेत नयाँ भएका कारण समस्या भएको हो ।’

गाउँबाट केहीदिन अघि मात्रै काठमाडौं आएकी ति किशोरीको भाउजुले रातमा फोन नउठाएपछि घलेसँगै होटलको कोठासम्म पुग्नु परेको बयान दिएकी छिन् । राती करिब २ बजेतिर बालिकामाथि बलात्कार गरेका थिए । बलात्कारपछि घले शौचालय गर्न गएको बेला ती किशोरीले आफ्नो साथी मार्फत प्रहरी बोलाएकी थिइन् । सोही बखत प्रहरीले उनलाई पक्राउ गरि महानगरीय प्रहरी बृत्त बौद्ध पुर्याएको हो ।