रुकुम पश्चिममा जीप दुर्घटन, सुत्केरीसहित ४ जनाको मृत्यु

१० घाइते

दियो पोस्ट  

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् ।

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ ।

जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको हो । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।