‘बयानकै आधारमा मुद्दा चलाउन मिल्दैन, अनुसन्धान जारी छ’

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी र राज्यद्रोहको कार्यमा संलग्न रहेका थप व्यक्तिहरूको खोजीमा प्रहरी लागिरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानका क्रममा नाम आएकाहरूमाथि थप अनुसन्धान भइरहेको बताएका हुन् ।

‘हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तबमात्रै समृद्धि हासिल हुनेछ,ु उनले भने, ुआफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाई विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धान प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौं । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

कोही व्यक्तिले दिएको बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै उनले थप अनुसन्धान भइरहेको बताएका हुन् ।