काठमाडौं । नेकपा (एमाले)ले संसद् अवरोध गरेको छ । पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लगाएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।
अघिल्लो बैठकमा माओवादी सांसद दाहालले लगाएको आरोपमा एमालेले आज बैठक अवरोध गरेको हो ।
सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए । त्यसका विषयमा त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबारको बैठकअघि नै बैठक चल्न नदिने घोषाा गरेका थियो । लामो वार्ता गर्दा करिब डेढ घण्टा ढिलो सुरु भएको बैठकमा एमालेले अवरोध गरेको हो ।
सभामुखले पटक–पटक सांसदहरुलाई आसन ग्रहण गर्न अनुरोध गरेका थिए । तर एमाले सांसदहरुले अवरोध जारी गरेपछि बैठक २० मिनेटका लागि स्थगित भएको छ ।