सोह्रखुट्टेको इलिप्स स्कुलको होस्टलभित्र मृत भेटिए बालक

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल(इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत अवस्थामा शव फेला परेको छ । धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिषेक तामाङ मृत फेला परेका हुन् । घटना राति १ बजे घटेको र झुन्डिएको अवस्थामा बेच्चमा भेटिएको भन्ने खबर आएको काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बताए ।
परिवारका सदस्य घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ । अहिले उनका आफन्तहरूले विरोध प्रदर्शन गरिरहेका छन् । हिजो विद्यालयमा शिक्षकहरूले दिएको सजाय पनि आफन्तले आरोप लगाएका छन् । मृत्युको कारण अझै खुलिसकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।