काठमाडौं । नेपालीहरूलाई अमेरिका पठाउने भनेर केन्या पुर्याउने र त्यहाँ बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालीहरूलाई अमेरिका पठाउने भनेर ठगी गरी केन्या पुर्याउने र बन्धक बनाउने गिरोहका मुख्य अभियुक्त पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जगतबहादुर तामाङ छन्। उनीसहित केही व्यक्तिहरूले २५ जना नेपालीहरूलाई अमेरिका पठाउने भनेर अवैध बाटोबाट केन्या पुर्याएको अनुसन्धानबाट खुलेको हो।
१० जना नेपालीहरु केही दिन अघि नै नेपाल आइसकेका छन्। अन्य १५ जना भने केन्याम बन्धक रहेको प्रहरीले बताएको थियो।
यसरी करोडौं रकम ठगी गरी बन्धक बनाउने तीन जना गत वैशाख २७ गते नै पक्राउ परेका थिए।
सिन्धुपाल्चोक घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, जोरपाटी बस्ने ४२ वर्षीया ङिमवटी शेर्पा र १९ वर्षीया निमा शेर्पा पक्राउ परेका थिए।
यो पनि
अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, ७ करोड असुल्ने गिरोह पक्राउ