१० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन

कमल विश्वकर्मा

काठमाडौं । जापान पठाइदिने भन्दै लाखौँ ठगीको आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक ऋषि धमलाले पीडितलाई होस्टाइल गरेका छन् । दियोपोस्टको कार्यालयमा आफै आएर आफूमाथि धमलाले ठगी गरेको बयान सहित धमलालाई समेत सम्पर्क गरि सुनाएका पीडित कपिलदेव भट्टलाई कब्जामा लिएर आफू निकट लोकदोहोरी सम्बन्धी एक युट्युब च्यानल मार्फत बयान परिवर्तन गराएका हुन् ।

दियोपोस्टमा भिडियो बयान दिएका भट्टलाई केहीबेरमै धमलाले विभिन्न व्यक्ति मार्फत नियन्त्रणमा लिएर १० लाख रुपैयाँको चेक दिएका छन् । एनआईसी एशिया बैंकमा रहेको धमलाको नामको चेक कपिललाई दिएका छन् । जबकी धमलाको उक्त बैंकमा रहेको चेक यसअघि नै पटक पटक बाउन्स भएको र कालोसुचीका लागि पीडितहरुले निवेदन दिएको प्रमाण समेत दियोपोस्टलाई प्राप्त भएको छ ।

समाचारका लागि भिडियो बयान दिन आफै कार्यालयमा आई  पीडित बताउने कपिलदेवले आफ्नो हातमा चेक पाएपछि समाचार प्रकाशन नगर्न दबाव दिएका थिए । टेलिभिजनका केही कर्मचारीले दियोपोस्टको कार्यालयमै आएर समाचार हटाउन दबाव दिएका थिए । त्यतिमात्रै होइन धमलाले समेत समाचार हटाइदिन अनुनय गरेकाले थिए । तर, समाचार हटाउनु प्रेस काउन्सिल आचार संहिता विपरित रहेको भन्दै दियोपोस्टले इंकार गरेपछि धमलाले विभिन्न व्यक्ति मार्फत धम्की दिएका थिए ।

१० लाख रुपैयाँको चेक हातमा परेपछि पीडित भनिएका कपिल भट्टले समेत विभिन्न व्यक्ति मार्फत भिडियो हटाउन दबाव दिएका थिए । तर, कुनै दबाव र प्रभावमा नपर्ने दियोपोस्टको अडानपछि प्रेस काउन्सिल आचार संहिता विपरित एक युट्युब च्यानलबाट दियोपोस्टमा प्रशारित र प्रकाशित समाचारको खण्डन गरिएको छ ।

जबकी प्रेस काउन्सिल आचार संहिता २०७३ (पहिलो संशोधन) दफा ६ उपदफा १ (क) मा कुनै पनि संचार माध्यममा प्रकाशित समाचार चित्त नबुझे सम्बन्धित व्यक्तिले सोही संचार माध्यम मार्फत खण्डन गर्नसक्ने उल्लेख छ ।

तर, धमलाले पीडितलाई होस्टाइल गरि आफ्नै श्रीमती एलिजा गौतम संचालनले गरेको ईशा फाउन्डेशनमा सहयोग उठाउने व्यक्तिको रुपमा परिचित लोकदोहोरी सम्बन्धित अनलाइनका एक संचालकलाई दियोापोस्टमा प्रकाशित समाचारको खण्डन गर्न लगाएका छन् । आश्चर्य त के भने सोही अनलाइनमा धमला सल्लाहकार समेत देखिएका छन् ।

सम्बन्धित खबर