मध्यरातमा सार्वजनिक पनामा पेपर्समा ७ नेपाली, को को ?

दियो पोस्ट  

काठमाडौं, २८ वैशाख । पनामा पेपर्स दस्ताबेजमा समलग्न नेपालीहरुको नाम सार्वजनिक भएको छ ।
खोजमुलक पत्रकारहरुको संस्था ईन्टरनेसनल कन्सोर्टियम अफ ईन्भेष्टिकेटिभ जर्नलिस्ट (आईसिआईजे) ले सोबार सोमबार राति पोैने १२ बजे सार्वजनिक गरेको हो । विश्वका धनी र शक्तिशाली नेतानहरुको पोल खुलने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्याड्स, पनामा, सिंगापुर र अनय कर छुट हुने अफसोर देशहरुमा शेल (छायाँ, कागजी) कम्पनिहरु मार्फत लगानी गरेको खुलासा भएको हो ।

 

panama papers


सार्वजनिक भएका नामहरुमा,  उपेन्द्र महतो, लगायत नवाङ डोल्मा, उमादेवी सिंहानिया रहेका छन् । त्यस्तै विनोद चौधरीको कम्पनि सिजी ग्रुपका एमडी अरुणकुमार चौधरी र चौधरी थरकै थप तीन जना रहेका छन् ।
सुरवांस कुमार चौधरी, किरन कुमार चौधरी, शेला चौधरीको नाम समेत सार्वजनिक भएको छ ।

उपेन्द्र महतो
उपेन्द्र महतो

उपेन्द्र महतो गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष हुन् । महतो ब्रिटिस भर्जिन आइलयान्समा दर्ता गरिएका दुई कम्पनिका सेयर होल्डर देखिएका छन् ।

mahato1


स्पार्टली भेन्चर्स लिमिटेड र पन्कुर फाईनान्सेज लिमिटेड । एनसेलका समेत पुर्व लगानीकर्ता रहेका महतो अफसोर कम्पनि मार्फत धेरै लगानी गर्दै आएका व्यक्ति हुन् ।

अरुन कुमार चोधरी


नेपालकै एकमात्रै डलर अर्बपति विनोध चौधरीको कम्पनि चौधरी ग्रुपका एमडी अरुण कुमार चौधरी नाम पनि सार्वजनिक भएको छ । चौधरीको उर्साईन लिमिटेडमा शेयर रहेको बताइएको छ ।

Arun kumar chaudhary

 

अन्य तीन चौधरी, शीला, करणकुमार र शुर्वस कुमार चौधरी पनि यही कम्पनिको शेयर होल्डर रहेको बताइएको छ ।
नवाङ डोल्माको दर्ता भएको ठेगाना ब्राजिल देखाएको छ । ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहरु गोल्डेन सिम्बल ईन्टरनेश्नल लिमिटेड र पिकस युनियन होल्डिङ्स लिमिटेडमा उनको शेयर रहेको बताइएको छ ।

satish1(3)
त्यस्तै एनसेलको २० प्रतिशत स्थानिय साझेदारको सेयर किन्ने भावना सिंह श्रेष्ठका पति सतीशलाल आचार्यको नाम भने अफसोर लिक्समा रहेको छ । नेपालमा स्मार्ट टेलिकम समेत रहेको बताइएको छ ।

सिफारिस