सेयर बजारमा २ अंकको गिरावट, कारोबार रकम घट्यो

सेयर बजारमा २ अंकको गिरावट, कारोबार रकम घट्यो

काठमाडौँ, जेठ २ । निरन्तर बढ्दै आईरहेको नेप्से परिसूचकमा बिहीबार सामान्य रुपमा ओरालो लागेको छ । नेप्से सामान्य अंकले ओरालो लागेसंगै कारोबार रकम समेत खस्किएको छ ।

बुधबार एक अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार भने ९४ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो बुधबारको तुलनामा ३९ करोड रुपैयाँले कम हो ।

नेप्से २.२९ अंकले घटेर १३१८.७१ विन्दुमा झरेको छ । १७३ कम्पनीका २९ लाख ९२ हजार ६६३ कित्ता शेयर ९४ करोड ७६ रुपैयाँ बराबरमा खरिदबिक्री भए ।

बिहीबार करोबारमा आएका ११ उपसमूहहरुका सूचक मिश्रत देखिएका छन् । ५ समुहको सूचक सकारात्मक बन्दा ६ समुहको सूचक नकारात्मक बने । उत्पादन तथा प्रशोधनको सूचक सबै भन्दा धेरै ९९.७४ अंकले सुधार भएको छ । यस्तै निर्जीवन बीमाको २७.२७, विकास बैंकको २१.२५, फाइनान्सको २.८४ र म्युचुअल फण्डको सूचक ०.०८ अंकले सकारात्मक भएका छन् ।

यता होटल समुहको सूचक सबैभन्दा धेरै १२.५६ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा १२.४, वाणिज्य बैंक ८.२४, माइक्रोफाइनान्स ५.२३, हाइड्रोपावर १.३१ र अन्य ०.३१ अंकले नकारात्मक बने ।

Trending News