नेपालमा लगानीका लागि दोस्रोपटक भारतीय नीजि क्षेत्र पुकार्दै अर्थमन्त्री खतिवडा

नेपालमा लगानीका लागि दोस्रोपटक भारतीय नीजि क्षेत्र पुकार्दै अर्थमन्त्री खतिवडा

काठमाडौं, जेठ २ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराए ।

‘नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन’ को दोस्रो दिन बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड बस्तुहरु उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराए । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुुक्त आयोजनामा आयोजना गरिएको सो सम्मेलनमा ६० वटा भन्दा बढि ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन ।

Trending News