जनकपुर लुट्न आएका ८ भारतीय डाँका पक्राउ

दियो पोस्ट  

जनकपुरधाम, जेठ ९ । लुटपाट गर्न आएका ८ भारतीय डाका हातहतियार सहित जनकपुरमा पक्राउ परेका छन् । योजना बनाएर जनकपुरमा डकैती गर्न आएका ८ जना भारतीय पेशेवर डाकालाइे हातहतियार सहित पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको छ ।


जनकपुरधाम उपमहानगरपालिका ८ विहारकुण्डमा रहेको जानकी विहार कुट्टीमा बुधबार राति सबा ९ बजे सुनचाँदीका गरगहना र नगद लुट्न आएका उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो ।


पक्राउ गर्ने क्रममा प्रहरी र डाका समुहबिच झडप समेत भएको थियो । गोली फायर गरी डाकाहरु भाग्न खोज्दा जवाफमा प्रहरीले चलाएको गोली लागेर एकजना डाँका घाइते भएका छन् । घाइते हुने डाका भारत विहार प्रदेश समस्तीपुर जिल्ला गोदुपुर बस्ने रंजित मल्लिकका २० वर्षका छोरा रवि मल्लिक डुम रहका छन् ।


पक्राउ पर्नेहरुमा विहार समस्तीपुर जिल्ला ८ बस्ने २० वर्षका साहिल रजक, वडा नं. ३ बस्ने वर्ष २४ का अजित कुमार सिंह, भगवानपुर चकसीव वडा नं. ४ बस्ने २८ वर्षका सुजित कुमार राय, महोदीनगर वडा नं. ६ बस्ने ३० वर्षका अमिकुमार सिंह र त्यसै वडामा बस्ने २० वर्षका अमितकुमार यादव छन् । यस्तै मधुवनी जिल्ला सहारघाट ५ बस्ने ३२ वर्षका रंजितकुमार भगत र वडा नंं ८ बस्ने वर्ष ३८ का पप्पु भन्ने संजयकुमार सुमन रहेका धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।


उनीहरु बीआर ३२ एस ०८९५ र बीआर३२ आर ८२१३ नम्बरको मोटरसाइकल र बीआर ०७ एजी १५८१ नम्बरको स्कुटर लिएर लुट्न जनकपुर पुगेका थिए ।


डाकाहरुले लुट्न प्रयोग गरेका मेडईन युएसए लेखेको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्याग्जिन १ र गोली २ थान, कटुवा पेस्तोल १ थान र त्यसको गोली १ थान, खुकुरी १ थान, मोवाइल ३ थान लगायत बरामद भएको छ ।


पक्राउ परेका डाकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

TATA ADD

सिफारिस