१५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने पक्राउ

दियोपोस्ट संवाददाता

म्यग्दी,जेठ ९ । प्रहरीले १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

जेठ ७ गते मध्यरातमा पिसाब गर्न भनी घर नजिकैको शौचालयमा जाँदा नाम परिवर्तन ९रिता० सामूहिक बलात्कारको सिकार भएकी थिइन् । पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का वर्ष २६ को कृष्ण विक, सोही ठाउँका वर्ष २१ का विकास किसान र वर्ष १९ का प्रेम किसान रहेका छन् ।

उनीहरुले एक्कासी सीतालाई करणी गर्न दे नत्र मारिदिने भन्दै धाकधम्की देखाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको म्याग्दीका सूचना अधिकारी लक्ष्मण  देवकोटाले जानकारी दिए । जंगलमा लगी बलजफत गरी चिच्याउन हारगुहार गर्न नदिई मुख थुनी पालैपालो सामूहिक बलात्कार गरेको बताइएको छ ।

सामूहिक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरुलाई लुकिछिपी बागलुङ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको इन्सपेक्टर देवकोटाले बताएका छन् । पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस