काठमाडौँ,जेठ १२ । राष्ट्रिय खेलकुद परिषदले मुलपानी क्रिकेट मैदान खेल खेलाउन उपयुक्त नहुदै प्रतियोगिता गराएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई भव्य बनाउने बहानामा खेलकुद परिषदले जबरजस्ती मुलपानीको तल्लो मैदानलाई संचालनमा ल्याएको हो । नेपाल प्रहरी र कर्णाली प्रदेशबीचको खेल क्रिकेट पीच तयार नभए पछि क्रिकेट म्याटमा खेलाइएको छ ।
प्राविधिकहरुले क्रिकेट मैदान खेल खेलाउन नसकिने भन्ने जानकारी गराउदा गराउदै संचालनमा ल्याए पछि असन्तुष्टि ब्यक्त गरेका छन् । नेपालले क्रिकेटमा एक दिवशीय खेल खेल्ने मान्यता पाएको छ तर राष्ट्रिय खेल नै म्याटमा खेलाइयो भनेर संदेश जाँदा अन्तराष्ट्रिय छवि बिग्रन सक्ने भन्दै पुर्व खेलाडीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
आज खेल खेलाइएको मुलपानीको मैदानको बाहिरी पर्खालमा अहिले सम्म तारजाली पनि लगाइएको छैन साथै मैदानको पश्चिम तपÞर्m स्थानीय कविता तिमल्सिनाको घर अझै हटाइएको छैन ।