जनयुद्धलाई ‘सर्वनास,बाध्यात्मक ऐंठन’ भन्ने व्यक्तिलाई कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार !

जनयुद्धलाई ‘सर्वनास,बाध्यात्मक ऐंठन’ भन्ने व्यक्तिलाई कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार !


काठमाडौं, माओवादी जनयुद्धलाई ‘सर्वनास’ भनेर फेसबुकमा लेख्ने मात्रै होइन जनयुद्ध दिवसलाई बाध्यात्मक ऐंठन भनेर प्रचारवाजी गर्ने पूर्व एमालेका एक कार्यकर्तालाई कृष्णसेन स्मृति पत्रकारीता पुरस्कार दिइएको छ ।

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट नेकपाका नेता सुर्य थापा सम्मानित भएका हुन् । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा सोमबार प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गरेका हुन् । थापाले नगद पुरस्कार १० हजार रुपैयाँ समेत हात बुझेका छन् ।


गत फागुन १ गते नेकपाले जनयुद्ध दिवस मनाउने निर्णय गरेपछि थापाले दिवस मनाउनुको विरोध मात्रै गरेनन् पार्टीको निर्देशन माथि नै प्रश्न गरे ।


‘जनयुद्ध दिवस ( सहिद दिवस वा जनआन्दोलन दिवस मनाइए जस्तो होइन । आमुल परिवर्तनको प्रक्रियामा २०५२(२०६२ बको अवधिमा संचालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएन ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन्,’ थापाले लेखेका थिए, ‘१७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो। त्यसैले उनीहरूका लागि यो जनयुद्ध नभएर काल पो बनिदियो । देशको खर्बौं भौतिक संरचना ध्वस्त पारियो र नयाँ निर्माण हुन दिइएन । फल तः देश नै ५० बर्ष पछाडि धकेलिन पुग्यो । यस हिसाबले यो जनयुद्ध नभएर नेपालको सर्वविनाश थियो ।’


उनले पार्टी नेतृत्वले जनयुद्ध दिवस मनाउन छापामार शैलिमा निर्देशन दिएको समेत दाबी गरेका थिए ।


‘युद्ध लडेकाहरूले नकारात्मक अनुभवलाई पनि सकारात्मक भनेर महिमागान गर्ने, संस्मरण लेख्ने, तस्बिरहरू छाप्ने गर्न मिलिहाल्छ, त्यसो गर्ने अधिकार छँदैछ । तर हामीजस्ता त्यस ूजनयुद्धूको एेतिहासिक अपरिहार्यता नै थियो भनेर मान्न नसकेका र सन् १९७५ पछि संसारभर सशस्त्र संघर्षबाट कुनै देशमा पनि क्रान्ति सफल भएको छैन भनिकन हिंसाको निरर्थकताको पैरवी गर्नेहरूलाई ूजनयुद्धू दिवस बाध्यात्मक ऐंठनका रूपमा थोपरिनु उचित हो त ? के यो पार्टी एकताको उपहार हो ?’ थापाले प्रश्न गरेका थिए ।


पूर्व माओवादी केन्द्रका कार्यकर्ताले थापाको भनाईको विरोध समेत गरेका थिए । तर उनै थापालाई माओवादी जनयुद्धको शिर्ष व्यक्तिको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार दिएपछि माओवादी भित्र विरोधको स्वर सुनिन थालेको छ ।

बुधबारका पूर्वसम्पादकसमेत रहेका थापाले उक्त रकम कृष्णसेनले अध्ययन गरेको प्युठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
विसं २०६३ बाट हरेक वर्ष कृष्णसेन ‘इच्छुक पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइरहेको छ । यसवर्ष थापासँगै चन्द्रमान श्रेष्ठले पनि इच्छुक पत्रकारीता पुरस्कार पाएका छन् ।


विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक समेत रहेका थिए ।

Trending News