बलिउड अभिनेता अजय देवगनका बुवा वीरू देवगनको निधन !

बलिउड अभिनेता अजय देवगनका बुवा वीरू देवगनको निधन !

काठमाडैँ,जेठ १३ । बलिउडका चर्चित निर्देशक र बलिउड अभिनेता अजय देवगनका बुवा वीरू देवगनको निधन भएको छ ।

उनी लामो समयदेखि मुटु सम्बन्धी रोग कार्डियक अरेस्टबाट ग्रसित थिए । सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उपचारका क्रममा वीरूको ८० वर्षको उमेरमा निधन भएको हो ।

पंजाबको अमृतसरमा देवगन परिवारमा जन्मेका वीरू देवगनले सौरभ,सिंहासन, क्रान्ति, शंहशाह, फूल और काँटे जस्ता चलचित्रहरूमा एक्सन कोरियोग्राफरको रूपमा काम गरेका थिए ।

Trending News