पत्रकार संगिता खड्काको ‘युद्धका ती दिन’ पुस्तक सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ १३ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सचिव तथा प्रेस काउन्सिल नेपालका सदस्य संगिता खड्का द्धारा लिखित पुस्तक ‘युद्धका ती दिन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच पुर्वप्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरे ।

खड्काद्धारा लेखिएको सो पुस्तकमा जनयुद्धका क्रममा पत्रकारिता गर्दा आफुले भोगेको कष्टप्रद जीवनलाई शब्दमा उतारेकी छिन् ।

सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको पुस्तकमाथि पत्रकार सुधिर शर्मा, किशोर श्रेष्ठ, निर्मला शर्मा, झलक सुवेदी र गोविन्द आचार्यले टिप्पणी गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस