काठमाडौँ, जेठ १५ । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक बर्ष २०७६÷०७७ का लागि सरकारले ल्याएको बजेटमा पुरानै कुराहरुलाई निरन्तरता दिएको बताएका छन् ।
पुर्व अर्थमन्त्री समेत रहेका बाबुराम भट्टराईले कम्युनिष्ट सरकारको बजेटमा केही पपुलिष्ट र केही कस्मेटिक सुधारका कुरा बाहेक खासै नयाँ केही नदेखिएको अभिव्यक्ति दिएका छन् । अहिलेको बजेटले लगानीमा बृद्धी गर्ने सम्भावन पनि नदेखेको उनको भनाई छ ।
बर्तमान बजेटलाई ‘पुराना काम दोहोर्याइरहनु र फरक परिमाण खोज्नु पागलपन हो’ भन्ने आइन्सटाइनको कथनसंग जोडेर अभिव्यक्ति दिएका छन् ।