प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ र एपीएफ विजयी

दियोपोस्ट संवाददाता

काठमाडौं, जेड १७ । प्रधानमन्त्री कप क्रिकेटमा आज भएका २ खेलमा प्रदेश १ र आर्मी पुलिस क्लब विजयी भएका छन् । किर्तिपुरमा भएको खेलमा प्रदेश १ सय ८१ रनले विजयी भएको छ । मुलपानीमा भएको खेलमा आर्मी पुलिस क्लब ६ विकेटले विजयी भयो ।

कर्णाली प्रदेशलाई १ सय ८१ रनले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले ५० ओभरमा ८ विकेट गुमाएर २२८ रन बनाएको थियो । २२९ रनको लक्ष पाएको कर्णाली प्रदेशले जवाफी व्याटीङका क्रममा २० ओभर १ बलमा ४७ रन मात्रै बनाउन सक्यो ।

प्रदेश १ का लागि सबैभन्दा धेरै सिद्धान्त लोहनीले ६३ रन जोडे । कर्णाली प्रदेशका लागि भने निश्चल रावलले १७ रन बनाए । यस्तै अर्को खेलमा आर्मी पुलिस क्लब ६ विकेटले विजयी भएको छ । मुलपानीमा पानी परेर मैदान हिलो भएपछि ४३ ओभरमा छोट्याइएको खेलमा गण्डकी प्रदेशले एपीएफलाई ४१ ओभर २ बलमा १ सय २५ रन बनाएर अलआउट भएको थियो ।

१ सय २६ रनको लक्षा पाएको आर्मी पुलिस क्लबले २३ ओभरमा ४ विकेटको क्षतिमा १ सय २७ रन बनाएर लक्षा भेट्टाएाके हो । आर्मी पुलिस क्लवका लागि सबैभन्दा धेरै प्रदिप ऐरीले ३३ रन जोडे ।

सम्बन्धित खबर

सिफारिस