फेरी थपिए १८ जना कोरोना संक्रमित, एकैदिन ७१ जनामा संक्रमण, संक्रमित ३ सय ७५ पुगे

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ जेठ । कोरोना भाइरस कोभिड १९ बाट नेपालमा थप १८ जना संक्रमित थपिएका छन् । योसँगै आजैमात्रै नेपालमा ७१ जना व्यक्ति कोरोनाबाट संक्रमित बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ३ सय ७५ पुगेको छ ।


पछिल्लो अपडेट अनुसार धनुषका २ जना पुरुष, खोटाङको हलेसि निवासी एक जना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिस १ निवासी १ जना पुरुष, सुनसरी निवासी एक जना र झापा निवासी १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

हाल उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित खबर

सिफारिस